Tag Archives: Sajha Sawal

Sajha Sawal Episode 408 Medical Education

मेडिकल शिक्षामा देखिएका विवादबारे स्वास्थ्य मन्त्री खगराज अधिकारी, काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की र चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका सदस्य डा. भगवान कोइरालासँगको बहस

Sajha Sawal Episode 407 Development of Eastern Hills

पहाडको विकास कसरी गर्न सकिएला? आजको साझा सवालको बहस: ओखलढुङ्गाका सभासद् यज्ञराज सुनुवार, संसदको विकास समितिका सदस्य अनीता देवकोटा र विकासविद् द्वारिकानाथ ढुङ्गेलसँग

Sajha Sawal Episode 405 Demarcation of Federalism

संविधानको मस्यौदामा राखिएको सीमाङ्कनसहितको ६ प्रदेशको विषयमा ६ वटै प्रदेशबाट डाकिएका सहभागीहरुमाझ एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई र विश्लेषक सिके लालसँग गरिएको साझा सवालको बहस

Sajha Sawal Episode 404 Issues of Dalits

नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल ‘आहुती’ र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस ।

Sajha Sawal Episode 402 : Jhalanath Khanal and Kamal Thapa

संविधानको मस्यौदामा नागरिकले दिएका सुझाबहरु कसरी समेटिन्छन् त ? पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासंग काठमाडौमा गरिएको साझा सवालको बहस ।

Sajha Sawal Episode 401 People question Leaders about Constitution

कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।

Sajha Sawal Episode 396 – Hope for New Constitution

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई झापाली जनताका प्रश्न आजको साझा सवालमा।

Sajha Sawal Episode 388: New Year New Hopes

नयाँ वर्षसँगै पात्रोहरु मात्रै हैन, नागरिकको आशा, अपेक्षा पनि नवीकरण हुन्छन् । यो वर्ष के हुँदैछन् त आशालाग्दा कामहरु? साझा सवालको यो अंकमा हामी केही आशलाग्दा कामहरुको बारेमा छलफल गर्दैछौं ।

Sajha Sawal Episode 387: Post-conflict Situation (Rukum)

जुन सपना देखाएर सशस्त्र द्वन्द्व शुरु भयो, ती कति पुरा भए? कति भएनन्? सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष पुरा भइसक्दा अपेक्षाअनुसार पुनर्निर्माण र विकासका काम भइरहेका छन् त?

Sajha Sawal Episode 385: Land Issues (Dang)

राणाकालदेखि जग्गा बाँड्न थालेको सरकारले पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि लालपुर्जा बाँडेको बाँड्यै छ । तर पनि सुकुम्बासी र भूमिहीनहरुको समस्या सुल्झिएको छैन बरु बल्झिरहेको छ ।

Sajha Sawal Episode 379: School Education (Kapilbastu)

मधेशी, दलित र मुस्लिम समुदायमा पढाईको भोक जगाउन किन नसकिएको होला? एउटा निम्न माध्यमिक विद्यालय पनि नभएको कपिलवस्तुको आठ गाउँ विकास समितिमध्ये एक पिपराको चाकरचौडामा रेकर्ड गरिएको साझा सवालको बहस ।

Sajha Sawal Episode 378: Scarcity of LP Gas

हातमा पैसा बोकेर आएपछि सरक्कै इन्धन पाउने दिन कहिले आउला? साझा सवालको यो अंकमा हामीले बर्सेनी खेप्नुपरेको ग्याँसको अभाव र यसको समाधानका बारेमा बहस ।

Sajha Sawal Episode 369: Corruption Control

जिम्मेवार नागरिकका हिसावले भ्रष्टाचार नियन्त्रणका लागि तपाईंले आफ्नो तहबाट के गर्न सक्नुहुन्छ?
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्व सचिव मोहन बन्जाडे र प्राध्यापक डा. भगवान कोइरालासँग सहभागीहरुको बहस ।