Tag Archives: Sajha Sawal

Sajha Sawal Episode – 450 – Tourism Manang

पर्यटन व्यवसायी तथा एमाले नेता ट्रिपल पी. गुरूङ, पर्वतारोही/ट्रेकिङ गाईड मुना गुरूङ र नेपाल पर्यटन बोे‍र्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसंग लम्मजुङ र मनाङ घुमेर तयार गरेिएको साझा सवाल ।

साझा सवाल अङ्क ४४९ – डेढ बर्षभित्र ३ वटा चुनाव ?

सरकारले डेढ बर्ष भित्र गरिसक्ने भनेको ३ वटा चुनाब, कुरो मात्रै कि काम पनि ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता पुष्पा भूसाल र निर्वाचन आयुक्त इला शर्मास‌ंग बहस ।

Sajha Sawal Episode 448 Government Hospitals in Kathmandu

राजधानीका नाम चलेका सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) कस्ता छन् त?
स्वास्थ्य मन्त्री रामजनम चौधरी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसंग तीनवटै अस्पताल घुमेर तयार पारिएको साझा सवाल ।

Sajha Sawal Episode 447 – Challenges of Budget Implementation

५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? आजको साझा सवाल अर्थमन्त्री विष्णु पौडेलसँग

Sajha Sawal Episode – 446 Life in Taplejung

ताप्लेजुङका सासंद भुपेन्द्र थेबेले पत्रकार नारायण वाग्ले र कवि निभा शाहलाई फुङलिङ बजार र वरपर घुमाएका छन्। सूदुर पूर्वको खवर के छ? के भन्न चाहन्छन् ताप्लेजुङबासी? सुकेटारका ओम प्रकाश राईबाट केही प्रेरणा लिन सकिएला?

Sajha Sawal Episode 445 Women empowerment

महिला र पुरूष समान हुने समाज कसरी बनाउन सकिएला ? लमजुङको बेंसीशहरमा मन्त्री शान्ता मानवी, पूर्वमन्त्री सरिता गिरी र सांसद चन्द्रबहादुर कुँवरसंग सहभागीहरुको बहस ।

Sajha Sawal Episode – 443 Govt. Policies and programmes

सरकारको नीति तथा कार्यक्रमबारे संचारमन्त्री शेरधन राई, काँग्रेस नेता मीनेन्द्र रिजाल र संघीय समाजवादी फोरम नेपालकी नेता रेणु यादवसँग आजको साझा सवाल

Sajha Sawal Episode 442 – Agriculture – Phidim

साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।

Sajha Sawal Episode – 441 Life in Bajhang

अत्याधिक मदिरा सेवन, बाल विवाह र छाउपडी प्रथा पश्चिम पहाडी जिल्लाका साझा समस्या हुन् । कसरी मुक्त हुन सकिएला यस्ता समस्याहरुबाट ?
एनेकपा माओवादी नेता रेणु चन्द, तेक्वान्दो खेलाडी दीपक बिष्ट, बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा बझाङका प्रहरी प्रमुख सँग बझाङका गाउँहरु डुलेर तयार गरीएको साझा सवाल ।

Sajha Sawal Episode 440 – Life One Year After Earthquake

भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?
भूकम्प प्रभावितका प्रश्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का आमोदमणि दीक्षितलाई।

Sajha Sawal Episode – 439 – School Education

सरकारी बिद्यालयमा हुने राजनीति अनि नीजि बिद्यालयको ढाडै सेक्ने शुल्क, कसरी सुध्रिएला बिद्यालय शिक्षा ? यो हप्ता साझा सवालको बहसमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र नीजि बिद्यालय संचालक गीता राणा

Sajha Sawal Episode 431 – सामाजिक संजाल प्रयोग

फेसबुक, ट्वीटर, भाइबर, स्काइपलगायतका सामाजिक संजाल प्रयोग गर्ने नेपालीको संख्या ६० लाख नाघिसकेको छ । प्रयोगकर्ता बढेसँगै यसले नयाँ नयाँ समस्या पनि निम्त्याएको छ । आजको साझा सवालको बहस यही विषयमा ।

Sajha Sawal Episode – 424 – वैदेशिक रोजगारीमा सुख दुखका कुरा

तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा स‌ंसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ ।

Sajha Sawal Episode – 422 Inspiring People with Disability

‘प्यारालाइसिसले मेरा दुईवटै खुट्टा चल्दैनन्। मेहनत गरेर पढे। एमबिबिएसमा नाम निकाले। मणिपाल कलेज टपे। अहिले टिचिङमा विशेषज्ञ डाक्टर छु,’ डा.शर्मा पौडेल जस्तै अपाङ्गता भएका पौरखीहरुको कथा साझा सवालमा

Sajha Sawal Episode – 421 Earthquake Reconstruction Sindhupalchwok

भूइँचालो गएको ७ महिना बितिसक्यो । गर्मी र झरी अस्थायी टहरामा बिताइसकेका भूकम्प प्रभावितहरुको जाडो कसरी कट्ला त? कहिले र कसरी उनीहरुको जीवन सामान्य बन्ला? आजको साझा सवाल सांसदहरु शेरबहादुर तामाङ, कमला पन्त र राममाया बोगटीसँग सिन्धुपाल्चोकको चौताराबाट ।

Sajha Sawal Episode 409 Terai Movement

एक महिनादेखि तराईमा जारी आन्दोलनबारे सूचना तथा संचार मन्त्री मीनेन्द्र रीजाल, मधेसी जनअधिकार फोरमका उपाध्यक्ष जितेन्द्र देव र थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा चौधरीसँग गरिएको साझा सवाल