Tag Archives: BBC Sajha Sawal

Sajha Sawal Epi – 482: विद्यार्थी राजनीतिले उच्च शिक्षामा पारेको प्रभाब

स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पस भित्र छिरेको राजनीतिले विद्यार्थीको पढाईमा सपारेको छ कि बिगारेको ?
विद्यार्थी नेताहरू नेविसंघका अध्यक्ष, नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नवीना लामा, त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी अनि रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख निर्मला सुवालसँग सहभागीहरूको बहस ।

Sajha Sawal Epi – 481 विकास बारे बहस – तानसेन, पाल्पा

पाल्पाली ढाका कपडा र करूवाले प्रख्यात पाल्पाबासी आफ्ना क्षेत्रका सांसदहरूलाई के सोध्न चाहन्छन त ?
नेकपा एमालेका सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेय, नेपाली कांग्रेसका सांसद हरिप्रसाद नेपाल र नेकपा (माओवादी केन्द्र) का नेता तुलसा रानासँग पाल्पाबासीको बहस । तानसेनस्थित पाल्पा दरवारबाट ।

Sajha Sawal-478 Delay in development projects

सडक, पुल, खानेपानी, सिँचाई लगायत विकास आयोजनाको काम किन तोकिएको समयमा पुरा हुँदैनन् । निर्माण व्यवसायी जयराम लामिछाने, पूर्व सचिव रामेश्वर खनाल र सांसद् एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सहभागीको बहस ।

Sajha Sawal Episode – 477 End of Load Shedding? With Head of NEA Kulman Ghising

लोडसेडिङ सधैका लागि कहिले हट्ला, र छेलोखेलो बिजुली पाईएला ? नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सँगको बहस

Sajha Sawal Episode – 476 Development of Bhojpur

यो साताको साझा सवाल पूर्वी पहाडको भोजपुरबाट ।
सांसद/पूर्व मन्त्री शेरधन राई, पूर्व सचिव/मन्त्री शंकर कोईराला र स्थानीय विकास अधिकारी सीता परियारसँग भोजपुरवासीको बहस ।

Sajha Sawal Episode – 475 Youth Leaders

युवा नेताहरुलाई निर्णायक ठाउँमा जान र देशलाई समृद्धिको यात्रामा लान के ले रोकेको छ? युवा नेताहरू रवीन्द्र अधिकारी, प्रदीप पौडेल, देवी खड्का र रानी शर्मा तिवारीसँगको बहस।

Sajha Sawal Episode – 474 Development of Khotang

दुधकोशीमा स्थायी पुल बन्नेकाम पुरा नहुँदा खोटाङवासीले हिउँदमा पनि राम्रोसंग मोटरमा यात्रा गर्न पाएका छैनन् । बन्दै गरेको मध्यपहाडी लोकमार्गको अवस्था पनि उस्तै छ ।
आधि अधुरो पुल बनाईमाग्न सडक विभाग घेर्न पुगेका सांसद प्रहरीको कुटाइ खाएर फर्के । जिल्ला अस्पतालको ६ ट्रयाक्टर सामान २६ हजारमा लिलाम गरे । बिरामीको उपचार गर्ने अौजार उपकरण छैन । कोहि खरेडीको मारमा परेका छन् त कसैलाई पिउने पानी छैन । बल्लतल्ल पाएको खानेपानीको योजना पानीको मुहान ILO 169 ले रोकिदियो रे । यस्तै छ पुर्वी पहाडी जिल्ला खोटाङको दु:ख ।

Sajha Sawal Episode – 473: धुवाँ धुलो लगायतका प्रदुषणले हैरान हुनुहुन्छ कि?

धुवाँ धुलो लगायतका प्रदुषणले हैरान हुनुहुन्छ कि? वातावरण तथा जनसंख्या मन्त्री जयदेव जोशी, वातावरण विद् भूषण तुलाधर, चिकित्सकहरु डा. सृजना बस्नेत र डा. अर्जुन कार्की संग आजको साझा सवाल धुवाँ-धुलो लगाएतका प्रदुषण र यसले मानव स्वास्थ्यमा पारेको असरमा केन्द्रित ।

Sajha Sawal Episode-472 कहाँ पुग्यो सत्य निरुपण र बेपत्ता छानबिन?

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानविन आयोगको दुईवर्षको काम कस्तो रह्यो त ? दुवै आयोगका अध्यक्षहरू सूर्य किरण गुरूङ्ग र लोकेन्द्र मल्लिक अनि नेपाली कांग्रेसका नेता कमला पन्त र माओवादी केन्द्रका नेता सत्य पहाडीसंगको बहस साझा सवालमा ।

Sajha Sawal Episode-471- Bajura – Agriculture

बाजुराका सांसद कर्णबहादुर विक र जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामकृष्ण श्रेष्ठसंग बाजुराका गाउँघर घुमेर गरिएको खेति किसानीकाकुरा साझा सवाल

Sajha Sawal-470 Public Health

संविधानले आधारभुत स्वास्थ्य सेवालाई नि:शुल्क भनेको छ तर बिरामी र उनीहरुका आफन्तको अनुभव चाहिँ कस्तो छ त ?
साझा सवालमा ७० जना सहभागीको साथमा स्वास्थ्य मन्त्री गगन थापा र जनस्वास्थ्य विज्ञ डा. रीता थापा ।

Sajha Sawal Episode 469-संविधान संशोधन किन र कसका लागि?

संविधान संशोधन किन र कसका लागि?
आजको साझा सवालको बहसमा हुनुहुन्छ नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, नेकपा एमालेका नेता शंकर पोखरेल र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी ।

Sajha Sawal Episode – 467 Hundred days of Prachanda Government

नौं महिने भाका रहेको सरकारको सय दिन कस्तो?लोड सेडिङ,संपत्ति विवरण,मुखर्जी भ्रमण,अंगीकृत नागरिक लगायतबारे मन्त्री जनार्दन शर्मा र एमाले नेता अग्नि खरेलसॅग बहस

Sajha Sawal-464 Life of Elderly People

दसैं मान्यजनहरुसँग आशिर्वाद लिने पर्व हो ? यसपाला साझा सवालमा साठीदेखि नब्बे वर्षका जेष्ठ नागरिक र युवा पुस्ताका सहभागीहरु ।

Sajha Sawal-463 Development of Karnali

कर्णाली कति फेरियो ? कति फेरिन बाँकी छ ?
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सत्य पहाडी, नेकपा एमालेका सांसद तुलाराज विष्ट र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुशन्धान केन्द्रका कार्यकारी निर्देशक मीनबहादुर शाहीसंग कालीकोट सदरमुकाम मान्ममा गरिएको बहस ।

Sajha Sawal-Episode 462 One Year of Constitution

संविधान आएको एकवर्ष पुग्दानपुग्दै मुलुकले दुईवटा सरकार पाइसक्यो । संविधान र सरकारसँग नागरिकको अपेक्षा चाहिँ के छ त ?
सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री राम कार्की, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्ण र नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग सहभागीहरुको बहस ।

Sajha Sawal Episode 459 Law and Order – Public Debate with IGP

‘मुस्कान सहितको प्रहरी सेवा’, ‘जिब्रोको गरिमा मीठो बोलीमा’ र ‘प्रहरी मेरो साथी’ जस्ता आकर्षक नारा ल्याउने नेपाल प्रहरीको कामचै कस्तो छ ?
प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र सांसद गौरी कुमारी ओलीसंग सहभागीहरूको बहस । कार्यक्रममा आइजिपी अर्‍यालले खुलेअाम समाजमा हिड्ने अपराधीलाई समात्न मलाई फोन गर्नुस भन्दै आफ्नो मोबाइल नम्बर ९८५१२९२००१ टिपाएका छन्।