Sajha Sawal Episode – 474 Development of Khotang

दुधकोशीमा स्थायी पुल बन्नेकाम पुरा नहुँदा खोटाङवासीले हिउँदमा पनि राम्रोसंग मोटरमा यात्रा गर्न पाएका छैनन् । बन्दै गरेको मध्यपहाडी लोकमार्गको अवस्था पनि उस्तै छ ।
आधि अधुरो पुल बनाईमाग्न सडक विभाग घेर्न पुगेका सांसद प्रहरीको कुटाइ खाएर फर्के । जिल्ला अस्पतालको ६ ट्रयाक्टर सामान २६ हजारमा लिलाम गरे । बिरामीको उपचार गर्ने अौजार उपकरण छैन । कोहि खरेडीको मारमा परेका छन् त कसैलाई पिउने पानी छैन । बल्लतल्ल पाएको खानेपानीको योजना पानीको मुहान ILO 169 ले रोकिदियो रे । यस्तै छ पुर्वी पहाडी जिल्ला खोटाङको दु:ख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *