Tag Archives: BBC Nepali

Sajha Sawal Episode – 450 – Tourism Manang

पर्यटन व्यवसायी तथा एमाले नेता ट्रिपल पी. गुरूङ, पर्वतारोही/ट्रेकिङ गाईड मुना गुरूङ र नेपाल पर्यटन बोे‍र्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसंग लम्मजुङ र मनाङ घुमेर तयार गरेिएको साझा सवाल ।

साझा सवाल अङ्क ४४९ – डेढ बर्षभित्र ३ वटा चुनाव ?

सरकारले डेढ बर्ष भित्र गरिसक्ने भनेको ३ वटा चुनाब, कुरो मात्रै कि काम पनि ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता पुष्पा भूसाल र निर्वाचन आयुक्त इला शर्मास‌ंग बहस ।

Sajha Sawal Episode 448 Government Hospitals in Kathmandu

राजधानीका नाम चलेका सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) कस्ता छन् त?
स्वास्थ्य मन्त्री रामजनम चौधरी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसंग तीनवटै अस्पताल घुमेर तयार पारिएको साझा सवाल ।

Sajha Sawal Episode 447 – Challenges of Budget Implementation

५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? आजको साझा सवाल अर्थमन्त्री विष्णु पौडेलसँग

Sajha Sawal Episode – 446 Life in Taplejung

ताप्लेजुङका सासंद भुपेन्द्र थेबेले पत्रकार नारायण वाग्ले र कवि निभा शाहलाई फुङलिङ बजार र वरपर घुमाएका छन्। सूदुर पूर्वको खवर के छ? के भन्न चाहन्छन् ताप्लेजुङबासी? सुकेटारका ओम प्रकाश राईबाट केही प्रेरणा लिन सकिएला?

Sajha Sawal Episode 445 Women empowerment

महिला र पुरूष समान हुने समाज कसरी बनाउन सकिएला ? लमजुङको बेंसीशहरमा मन्त्री शान्ता मानवी, पूर्वमन्त्री सरिता गिरी र सांसद चन्द्रबहादुर कुँवरसंग सहभागीहरुको बहस ।

Sajha Sawal Episode – 443 Govt. Policies and programmes

सरकारको नीति तथा कार्यक्रमबारे संचारमन्त्री शेरधन राई, काँग्रेस नेता मीनेन्द्र रिजाल र संघीय समाजवादी फोरम नेपालकी नेता रेणु यादवसँग आजको साझा सवाल

Sajha Sawal Episode 442 – Agriculture – Phidim

साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।

Sajha Sawal Episode – 441 Life in Bajhang

अत्याधिक मदिरा सेवन, बाल विवाह र छाउपडी प्रथा पश्चिम पहाडी जिल्लाका साझा समस्या हुन् । कसरी मुक्त हुन सकिएला यस्ता समस्याहरुबाट ?
एनेकपा माओवादी नेता रेणु चन्द, तेक्वान्दो खेलाडी दीपक बिष्ट, बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा बझाङका प्रहरी प्रमुख सँग बझाङका गाउँहरु डुलेर तयार गरीएको साझा सवाल ।

Sajha Sawal Episode 440 – Life One Year After Earthquake

भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?
भूकम्प प्रभावितका प्रश्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का आमोदमणि दीक्षितलाई।

Sajha Sawal Episode 404 Issues of Dalits

नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल ‘आहुती’ र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस ।

Sajha Sawal Episode 401 People question Leaders about Constitution

कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।

Sajha Sawal Episode 362: Prospering Nepal

कसरी बन्दैछ नेपाल समृद्ध? नेपाल सरकारका मुख्यसचिव लीलामणि पाैड्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालासँगको बहस ।

Sajha Sawal Episode 352: Sunkoshi Disaster

सुनकोशीमा आएको विनाशकारी पहिरोपछि पीडामा परेकाहरुको उद्धार र पुनस्र्थापनाका लागि के भइरहेको छ? भविष्यमा यस्तै प्रकोपबाट हुने क्षति कम गर्न के गर्न गर्न सकिन्छ?

Similarities in Nepal Government Policies since 1991

विभिन्न सरकारहरुले बर्सेनी ल्याउने गरेका सरकारका नीति तथा कार्यक्रममा २३ वर्षसम्म एउटै कार्यक्रम कसरी दुरुस्तै राखिएको छ त? -Sajha Sawal

Sajha Sawal Episode 344: Financial Transparency of Political Parties

करोडौं रुपैंया खर्च गर्ने राजनीतिक दल र तिनका नेताहरुको आम्दानीको स्रोत के हो? राजनीतिक दल र नेताहरुको आम्दानी र खर्चको पारदर्शिताबारे साझा सवाल को बहस ।

Sajha Sawal Episode 341: 100 Days of Koirala Government

सुशील कोइरालाले नेतृत्व गरेको सरकारले सय दिन पुरा गरेको छ । सर्वसाधारणले यो सय दिनको मुल्यांकन कसरी गरेका छन् त भन्ने बारे साझा सवाल को बहस ।