Sajha Sawal Episode 336: Small Entrepreneurs

नेता, नीति निर्माता र सरकारी अधिकारीसँग जनताको प्रश्न लिएर वितेका सात वर्षमा साझा सवालका ३३० भन्दा धेरै अंक लिएर हामी तपाईंहरुसम्म आइपुग्यौं । तर तीमध्ये गत वर्ष प्रसारण भएको पौरखी नेपाली किसानको कथापछि हामीले सकारात्मक प्रतिक्रिया मात्र पाएनौं, ती किसानहरुसम्म कसरी पुग्ने भनेर हाम्रा दर्शक र स्रोताहरुले सोध्नु पनि भयो । कति दर्शक र स्रोताले त कार्यक्रमबाट उत्साहित भएर आफूहरु पनि खेती किसानीमा लागेको हामीलाई बताउनुभयो । त्यही पौरखी किसानहरुको श्रृंखला जोड्न यसपटक हामी नेपालका केही उद्यमीकहाँ पुगेका छौं । तिनै पौरखी उद्यमीहरुको परिश्रम र सफलताको कथा यसपटकको साझा सवालमा समेटेका छौं ।

साझा सवालको यो अंकमा वसन्तपुर, तेह्रथुमका वाइन उत्पादक उदयराज लिम्बू, म्याङलुङ, तेह्रथुमका ढाका कपडा उत्पादक उज्जवलता सुब्बा, पाँचकन्या, सुनसरीका किसान कृष्ण राई र दोलखा, बोचको बागबानी फार्मका फलफूल विकास अधिकृत चन्द्रमान श्रेष्ठलाई समेटेका छौं । त्यसैगरी, धरान, सुनसुरीका सिलाई बुनाई तथा बुटिक प्रशिक्षक पुर्ण मास्के, धनकुटाका विस्कुट उत्पादक मोहनशंकर श्रेष्ठ र ललितपुर, भैंसेपाटीको तरस्वी महिला समूहका सदस्यहरुको पौरख र परिश्रमका कुरा समेटेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *