बन्दकर्ताले रोकिराखेको ट्याक्सी यसरी जलाए, चालकले भागेर ज्यान जोगाए(भिडियोसहित)

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो  ।

एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

यस्तै बालकुमारीमा बा.१.ज. १८७७ नम्बरकोट्याक्सी र त्यसका चालक जलाउने प्रयास भएको छ । चालकले भागेर ज्यान जोगाएका छन् भने ट्याक्सी जलाइएको छ ।

यस्तै बिजुलीबजारमा पाउरोटी बोकेको एउटा भ्यान जलाइएको छ । बन्द हिंसात्मक भएपछि यसको असर काठमाडौं उपत्यका भरी पनि देखिएको छ ।

Source: ImageKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *