पशुपतिको आगन्तुक पुस्तिकामा मोदीको प्रतिक्रिया

सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको दर्शनबाट आफू भाव विभोर भएको बताएका छन्।

मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा उनले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू भाव-विभोर भएको उल्लेख गरेका छन्।

नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथ पुगेर विशेष पूजाआजा गरेका थिए।

पशुपतिनाथले नेपाल र भारतलाई जोड्ने भन्दै उनले ‘नेपाल र भारत जोड्ने पशुपतिनाथको कृपाले दुबै देशको जनमानसमा कायम रहोस्, यही मेरो कामना छ।’ भनेका छन्।

modi-pashuipatinath-guest-book

Leave a Reply

Your email address will not be published. Required fields are marked *