Tag Archives: Photo

ग्याँसको पर्खाइमा

खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस

जुम्लाकी लाउरीमाया थामीलाई अन्तर्राष्ट्रिय पुरस्कार

ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।

खच्चडमा दाउरा

जाजरकोट सदरमुकाममा ग्याँसको अभाव भएपछि गाउँबाट खच्चडमा दाउरा बोकाएर ल्याइँदै । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

यार्सागुम्बा सङ्कलन गर्ने बेला भयो

मेली सामुदायिक वन अन्तर्गतका यार्सा पाटनमा एकैठाँउमा जम्मा गरेर वन खुल्ला गरिएको जानकारी गराएपछि सामूहिकरुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्न जाँदै सर्वसाधारण । यार्सागुम्बा सङ्कलन गर्ने समयमा विभिन्न जिल्लाबाट सर्वसाधारण डोल्पा आउने गर्दछन् । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस ।

जीर्ण बनेको सम्पदाको सहर भादगाउँ

विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर –रासस