सुरुमा झापड त मैले नै खानु पर्छ नि !!

एक पल्ट के भए छ भने नि …
आँखा र मुटु को दरो बाजा बाज परिर रछ है !!
मुटुले आँखालाइ भनेछ !!
मुटु : आँखा ठुलो पारी पारी हेर्ने गर्छस त ..अनि चोट भने
चै मलाइ हुन्छ !
आँखा : चुप लाग ! माया लाउछ्स त..अनि
घ्वा घ्वा गरेर रुनु चै मलाइ पर्छ !
मुटु र आँखाका यी कुरा सुनेर गाला लाइ लास्टै रिस उठेछ !!
गाला : ओए खाते हो बन्द गर तिमार्को लेक्चर !
सुरुमा झापड त मैले नै खानु पर्छ नि !!
यो भन्दा बढी चोट कसले बेहोर्छ र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *