श्रीमती ट्वा!!!!!

बिहे पछीको पहिलो दिन
श्रीमान् :खाजा के बनायौ नि ?
श्रीमती :अन्डा बोइल(boil) गरेकी छु।
श्रीमान् :हैट!मलाइ बोइल अन्डा मन पर्दैन भन्ने थाहा छैन? जे मन पर्दैन तेहि गर्नु पर्छ तिमिलाइ? भोलि फ्राइ(fry) अन्डा बनाउनु।
रिसाउदै बोइल अन्डा खायो।
दोस्रो दिन
श्रीमान्:खाजा के छ आज?
श्रीमती :फ्राइ अन्डा।
फ्राइ अन्डा खादै..
श्रीमान्: छि!कति नमिठो? नुन पनि चर्को। मलाइ फ्राइ अन्डा मनै पर्दैन। यो भन्दा त बोइल अन्डा नै ठिक थियो।
श्रीमती दिक्क भैइ। तेस्रो दिन उसले एउटा अन्डा बोइल गरि अनि अर्को फ्राइ।त्यो दिन पनि श्रीमान् ले तेसरी नै खाजा माग्यो। श्रीमतीले दुबै अन्डा ल्याएर श्रीमान् को अघि राखिदिइ। उसले दुबै प्लेट मा हेर्यो अनि के भनम के भयो। दोष लगाउने ठाउँ नै भएन। अन्त्यमा भन्यो
श्रीमान्: ल हेर यसको बुद्धि! बोइल गर्नु पर्ने अन्डा फ्राइ गरिछ, फ्राइ गर्नु पर्ने अन्डा बोइल गरिछ! ढंग भएपो।
श्रीमती:ट्वा!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *