रमाइलो गजल….

आमाको थैली चोरेको, तिम्रैलागि त हो ।
बाउको दराज फोरेको, तिम्रैलागी त हो।

तिमी भन्छौ नी, सहर किन आयौ,
गाउँको थोत्रो घर छोडेको,तिम्रैलागी त हो।

एक्लै रछौ तिमी भनी, हेला नगर न,
सारा सम्बन्ध तोडेको,तिम्रैलागी त हो।

फोन सम्पर्क गर्नपनि,पैसाले नै गाह्रो भयो।
त्यही भएर नेट जोडेको, तिम्रैलागी त हो।

नभन न असत्यता मलाई मन पर्दैन है,
सत्य बाटो मोडेको,तिम्रै लागि त हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *