Tough Talk with Sudheer Sharma

सिमांकनका विषयलाई लिएर सुरु भएको विवादको पारो अरु कति बढ्छ वा यो कहिले घट्छ र नयां संविधान आउंछ, आम चासोको विषय बनेको छ ।
विशेषगरि टिकापुरबाट सल्केको आगो दन्कदै मुलुकको पुर्वी भागसम्म फैलिए पछि यसबीच दर्जन बढिले ज्यान गुमाईसकेको छन् ।
यता राजधानीमा संविधान निर्माण प्रक्रिया जारी छ, उता तराई मधेशका केही जिल्लामा कर्फयु छ । समग्र देशको राजनीतिलाई असर पार्ने गरि अगाडी बढिरहेको यस प्रकारको हिंसाले कुन रुप लिन्छ ? यो आन्दोलनले थरुहट र मधेसीका कस्ता मुद्दाहरुलाई समेटेको छ ? मुलुकको राजनीति कता जांदैछ ? कसले चलाईरहेको छ यो आन्दोलन ?
यिनै विषयमा आज छलफल गर्छौ, पत्रकार सुधीर शर्मासंग ।
शर्मा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको हिंसात्मक झडप पछि तनावग्रस्त कैलालीलगायतका जिल्ला पुगेर फर्कनु भएको छ । कान्तिपुर राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा चर्चित पुस्तक प्रयोगशालाका लेखक शर्र्मालाई आजको टफ टकमा स्वागत गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *