सुकुम्बासी बस्तीमा बाग्मतीको बाढी

आइतबार ठूलो पानी परेपछि राती ११ बजे बाग्मती नदीको बाढी शान्तिनगरमा नजिकैको सुकुम्बासी बस्तीमा पस्यो। बाढी पसेपछि करिब ६ सय घर रहेको बस्तीका सबै घर जलमग्न भए।

बाढी पसेर घरभित्र बस्न नसक्ने भएपछि सकुम्बासी बस्तीका सबै जना रातभरी घर बाहिर निस्केर जाग्राम बसे। सोमबार बिहान बस्तीमा पुग्दा मानिसहरु घरभित्रबाट पानी र फोहोरहरु निकाल्दै थिए। कोही आफ्नो घरभित्र रहेका सामानहरु सुरक्षित ठाउँमा सारेर घर सफा गर्दै थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *