नेताहरुविरुद्ध कलाकार ३–० ले विजयी (Full Match Video)

भूकम्पपीडितका लागि सहयोग संकलन गर्ने उद्देश्यले दलका नेता र कलाकारबीच शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा कलाकार टिम ३–० ले विजयी भयो । मध्यान्तरसम्म १–० ले अग्रता लिएको कलाकार टिमले मध्यान्तरपछि दुई गोल थपेको थियो ।

कलाकारको टोलीलाई विजयी गराउन मनराज श्रेष्ठ, रोसन श्रेष्ठ र नवीन केसीले १–१ गोल गरे ।

मैत्रीपूर्ण खेलमा नेताहरुको नेतृत्व गरेका प्रधानमन्त्री सुशील कोइरालाले २५ मिनेट मैदानमा बताएका थिए ।

त्यस्तै, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका शीर्ष नेताहरु पनि सहभागी भए ।

यस्तै, कलाकारका तर्फबाट नेतृत्व सम्हालेका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिव श्रेष्ठ, करिश्मा मानन्धर, धीरेन शाक्य, जितु नेपाल, कोमल ओली, प्रियंका कार्कीलगायत मैदानमा उत्रिएका थिए ।

खेलको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए । खेल हेर्न ठूलो संख्यामा विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु हलचोक पुगेका थिए ।

मैत्रीपूर्ण फुटबलको आयोजना नयाँपत्रिका दैनिकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *