आखिर किन गरे आत्महत्या आलोक नेम्बाङ्ले?

चर्चित फिल्म निर्देशक आलोक नेम्वाङ्ले आत्महत्या गरेका छन् । सेलिब्रटी भएकाले आलोकप्रति सहानुभुति राख्नेहरु प्रशस्तै छन् तर, उनको यो बाटोलाई हाम्रो कानुनले सामाजिक अपराध ठहर गरेको छ । अहिलेसम्मको अनुसन्धानको सबै पाटोबाट आलोकले आत्महत्या नै गरेको करिव निष्कर्षमा छ, प्रहरी । नेपालमा श्रीषा कार्कीपछि आत्महत्या गर्ने चर्चित सेलिब्रटीमा आलोक रहे । उनको आत्महत्याले ग्यामर दुनियाँको वास्तविकतालाई पर्दामा ल्याईदिएको छ । ग्ल्यामर दुनियाँ बाहिरबाट जति आकर्षक लाग्छ उत्तिकै कठिन छ र त्यही कठिनताले मानिसलाई तनावमा पार्छ । यत्ति मात्र होइन ग्ल्यामर दुनियाँभित्र हुने लभ अफयेर, ट्राजिटी, लागु पदार्थको दुव्र्यशनी, आफ्नो क्रेज कम हुँदा उत्पन्न हुने ग्ल्लानी जस्ता कारणले सेलिबे्रटीले आत्महत्याको बाटो राजेका देखिएको छ । भनिन्छ, आफुलाई भिन्न शारिरिक संरचनामा रहेको बताउने आलोक पनि कोही साथिसँग रिलेसनमा थिए, जब परिवार र समाजले उनिहरुको रिलेसनलाई स्वीकार गरेन त्यसपछि उनले रोजे, आत्महत्याको बाटो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *