काठमाडौंमा काग सम्मेलन, आकाशमा फनफनी घुमे काग (भिडियोसहित)

काग तिहारको अवसरमा मंगलबार राजधानीको शान्ति वाटिकामा काग सम्मेलनको आयोजना गरिएको छ । कलाकार रमेश दुलालले काग सम्मेलनको आयोजना गरेका हुन् ।

उनले कागको आवाज निकाले र कागहरुलाई बोलाउँदा सयौं कागहरु कराउँदै उनको वरिपरी आकाशमा घुमेका थिए । उनले काग खुशी हुँदा, आपत परेको बेला र झगडा परेको बेला निकाल्ने आवाजले कागलाई आकर्षण गरेका थिए ।

उनले विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्ने गर्छन् । चराचुरुङ्गी र जनावरको आवाज निकालेर मनोरञ्जन गराएबापत उनले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *