Tag Archives: Shree Krishna Shrestha

श्रीकृष्णको बिदाई

उपचारका क्रममा भारतको नयाँ दिल्लीमा आइतबार निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा सोमबार अन्त्येष्टी गरिएको छ। श्रीकृष्णका जेठा दाइ ६१ वर्षे रामकृष्ण श्रेष्ठले सोमबार राती ९ बजे दागबत्ती दिए। म्हैपीस्थित पुर्ख्याैली घरमा रामकृष्ण नै किरिया बस्ने भएका छन्।