Tag Archives: Nepal Republic Day 2015

Google Doodle Celebrates Nepal Republic Day 2015

जेठ १५ नेपालको गणतन्त्र दिवस हो। २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो। २०६२/ ०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । २०६४ सालमा चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरिएको थियो ।