Tag Archives: BBC

Sajha Sawal Episode – 453 Education Minister Visiting Government Schools of Kathmandu

कसरी सरकारी/सामुदायिक स्कूल राम्रा बन्न सक्छन्? किन कुनै सरकारी विद्यालयलाई विद्यार्थी पाउन हम्मे छ र कुनैमा आफ्ना छोराछोरीलाई भर्ना दिलाउन मन्त्रीको ‘सोर्स’ खोज्दै अभिभावक मन्त्रालय धाउँछन्? शिक्षा मन्त्रीलाई लिएर राजधानीका चार सरकारी स्कूल पुगी तयार पारिएको एक फरक साझा सवाल।

Sajha Sawal-Ep452: वर्षेनी फेरिने सरकारबाट जनताले के पाउँछन्? काँग्रेस नेता रामचन्द्र पौडेलसँग साझा सवाल

केपी ओली सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि अहिले नयाँ सरकार कसरी र कहिले बन्ला भन्ने चासो जताततै छ। राजनीतिको यो नयाँ विकासबारे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग साझा सवाल

Sajha Sawal-451: पौरखी किसानका प्रेरणादायी कथा

यतिबेला धेरै किसान असारे चटारोमा छन् । तर तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने देश अहिले आयात गर्नेमा फेरिएको छ। कृषि प्रधान देश भनिए पनि धेरै किसान निर्वाहमुखि कृषिमै सिमित छन् । तर केही किसान आफ्नै पहल र केही संघसंस्थाको सहयोगमा व्यवसायिक कृषितर्फ अघि बढिरहेका छन् र कतिले सफलता पनि पाएका छन् ।

Sajha Sawal Episode – 450 – Tourism Manang

पर्यटन व्यवसायी तथा एमाले नेता ट्रिपल पी. गुरूङ, पर्वतारोही/ट्रेकिङ गाईड मुना गुरूङ र नेपाल पर्यटन बोे‍र्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसंग लम्मजुङ र मनाङ घुमेर तयार गरेिएको साझा सवाल ।

साझा सवाल अङ्क ४४९ – डेढ बर्षभित्र ३ वटा चुनाव ?

सरकारले डेढ बर्ष भित्र गरिसक्ने भनेको ३ वटा चुनाब, कुरो मात्रै कि काम पनि ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता पुष्पा भूसाल र निर्वाचन आयुक्त इला शर्मास‌ंग बहस ।

Sajha Sawal Episode 448 Government Hospitals in Kathmandu

राजधानीका नाम चलेका सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) कस्ता छन् त?
स्वास्थ्य मन्त्री रामजनम चौधरी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसंग तीनवटै अस्पताल घुमेर तयार पारिएको साझा सवाल ।

Sajha Sawal Episode 447 – Challenges of Budget Implementation

५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? आजको साझा सवाल अर्थमन्त्री विष्णु पौडेलसँग

Sajha Sawal Episode – 446 Life in Taplejung

ताप्लेजुङका सासंद भुपेन्द्र थेबेले पत्रकार नारायण वाग्ले र कवि निभा शाहलाई फुङलिङ बजार र वरपर घुमाएका छन्। सूदुर पूर्वको खवर के छ? के भन्न चाहन्छन् ताप्लेजुङबासी? सुकेटारका ओम प्रकाश राईबाट केही प्रेरणा लिन सकिएला?

Sajha Sawal Episode 445 Women empowerment

महिला र पुरूष समान हुने समाज कसरी बनाउन सकिएला ? लमजुङको बेंसीशहरमा मन्त्री शान्ता मानवी, पूर्वमन्त्री सरिता गिरी र सांसद चन्द्रबहादुर कुँवरसंग सहभागीहरुको बहस ।

Sajha Sawal Episode – 443 Govt. Policies and programmes

सरकारको नीति तथा कार्यक्रमबारे संचारमन्त्री शेरधन राई, काँग्रेस नेता मीनेन्द्र रिजाल र संघीय समाजवादी फोरम नेपालकी नेता रेणु यादवसँग आजको साझा सवाल

Sajha Sawal Episode 442 – Agriculture – Phidim

साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।

Sajha Sawal Episode – 441 Life in Bajhang

अत्याधिक मदिरा सेवन, बाल विवाह र छाउपडी प्रथा पश्चिम पहाडी जिल्लाका साझा समस्या हुन् । कसरी मुक्त हुन सकिएला यस्ता समस्याहरुबाट ?
एनेकपा माओवादी नेता रेणु चन्द, तेक्वान्दो खेलाडी दीपक बिष्ट, बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा बझाङका प्रहरी प्रमुख सँग बझाङका गाउँहरु डुलेर तयार गरीएको साझा सवाल ।

Sajha Sawal Episode 440 – Life One Year After Earthquake

भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?
भूकम्प प्रभावितका प्रश्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का आमोदमणि दीक्षितलाई।

Sajha Sawal Episode – 439 – School Education

सरकारी बिद्यालयमा हुने राजनीति अनि नीजि बिद्यालयको ढाडै सेक्ने शुल्क, कसरी सुध्रिएला बिद्यालय शिक्षा ? यो हप्ता साझा सवालको बहसमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र नीजि बिद्यालय संचालक गीता राणा

Sajha Sawal Episode-438- Free Visa – Free Ticket for Migrant Worker

वैदेशिक रोजगारमा फ्री भिसा र फ्री टिकटको निर्णय कहिले र कसरी लागु होला ? कि सरकार आफ्नै निर्णयबाट पछि हट्ला? श्रम मन्त्री दीपक बोहरा र वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष विमल ढकालसँगको बहस।

Sajha Sawal Epi-435 Life in Jajarkot

कहिले हैजा त कहिले स्वाइन फ्लूको महामारीमा पर्ने जाजरकोटको अवस्था, अहिले कस्तो छ ? सांसद राजीव विक्रम शाह र डाक्टर दीपक पुनसँग जाजरकोटका विभिन्न गाविस घुमेर तयार पारिएको साझा सवालको विशेष अंक

Sajha Sawal Episode 431 – सामाजिक संजाल प्रयोग

फेसबुक, ट्वीटर, भाइबर, स्काइपलगायतका सामाजिक संजाल प्रयोग गर्ने नेपालीको संख्या ६० लाख नाघिसकेको छ । प्रयोगकर्ता बढेसँगै यसले नयाँ नयाँ समस्या पनि निम्त्याएको छ । आजको साझा सवालको बहस यही विषयमा ।